समाचार हेडलाईन न्युज

नेपालमा थप ९ सय ७९ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २२ गते सोमबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ९ सय ७९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ २२, २०७७

 

 

ताजा अपडेट