कृषि समाचार हेडलाईन न्युज

मल नल्याउने कम्पनीको धरौटी जफत हुने, ठेक्का सम्झौता रद्ध

सुनकोशी न्युज
२०७७ भाद्र २१ गते आइतबार
काठमाण्डौं । रासायनिक मल आपूर्ति गर्न नसक्ने दुई ठेकदार कम्पनीलाई धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले बताएका छन् ।

तोकिएको समयमा मल ल्याउन नसक्ने ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुसँगको ठेक्का सम्झौता रद्ध भएको छ ।

‘तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने । दुवै कम्पनीलाई थप कानूनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको उनको भनाइ थियो ।

कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ ।

फरक फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए ।

दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो ।

प्रकाशित मिति: आइतवार, भदौ २१, २०७७

 

 

ताजा अपडेट