समाचार हेडलाईन न्युज

नेपालमा थप ९ सय ८० जनामा कोरोना : संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २१ गते आइतवार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ९ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय नाघेकाे छ।

प्रकाशित मिति: आइतवार, भदौ २१, २०७७