समाचार हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप ९ जनाको मृत्यु : मृत्यु हुने को सङ्ख्या २८९ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २१ गते आइतवार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय,  मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या २ साय ८९ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ २१, २०७७