समाचार हेडलाईन न्युज

सर्वाधिक सङ्ख्यामा कोरोना : १३५९ थपिए, १४ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १९ गते शुक्रबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ र मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७