समाचार हेडलाईन न्युज

२ रुपैयाँले बढ्यो पेट्रोको मूल्य

सुनकोशी न्युज
२०७७ भाद्र १६ गते मंगलबार

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १६, २०७७

 

 

ताजा अपडेट