समाचार हेडलाईन न्युज

कोरोनाभाइरसका कारण थप ११ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १६ गते मंगलबार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना महिला र १० जना पुरुष रहेका छन् ।

यीमध्ये पर्साका तीन जना, काठमाडौँ र महोत्तरीका दुई-दुई जना एवम् बारा, सिरहा, चितवन र मकवानपुरका एक-एक जना रहेका छन्।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या एक २३९ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १६, २०७७