समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र १७ गते बुधवार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ३ सय ५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७