बागमती समाचार हेडलाईन न्युज

एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै विद्यार्थीहरुले कुटे शिक्षकलाई

सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार

सिन्धुली – एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई कुटपिट गरेका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक र अंग्रेजी शिक्षक लाई कुटपिट गरेका हुन् ।

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीले कुटेको एक शिक्षक बताए ।

प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७