समाचार हेडलाईन न्युज

मन्त्रालयले घटायो पीसीआरको शुल्क

सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएको छ ।

अब परीक्षणको अनुमति प्राप्त निजी र सरकारी दुवैथरी अस्पतालले सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् ।

मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले आइतवारदेखि नै लागु हुने गरी उक्त निर्णय गरेको हो ।

यसअघि  अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७