शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

होम आइसोलेसनमै संक्रमितको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार
भक्तपुर । भक्तपुरमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका बासिन्दा उनको आइतबार विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेहको समस्या देखिएका ती पुरुषमा खाना खान नसक्ने समस्या भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए । ‘भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए’ मिजारले भने, ‘घरमै बसेको बेला आज बिहान उनको मृत्यु भएछ ।’

मृत्यु भएपछि मात्र परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको जनस्वास्थ्य अधिकृत मिजारले बताए । ‘केही समस्या भए फोन गर्नू अस्पताल लान्छौ भनेका थियौं, तर मृत्यु भएपछि मात्रै खबर आएछ’ उनले भने।

प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७