समाचार हेडलाईन न्युज

सैनिक मुख्यालयमै एक सैनिकको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार

काठमाडौं । नेपाली सेनाको सैनिक मुख्यालयमा कार्यरत एक सैनिक मृत फेला परेका छन् । उनले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

भद्रकालीस्थित नेपाल आर्मीको रिपुमर्दिनी पेट्रोलपम्पमा कार्यरत सिपाहीले २०७७ भदौ १४ गते आइतबार बिहान ३ बजे आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्ने ती सिपाही तनहुँ रानीपोखरीका भए पनि परिचय गोप्य राखिएको छ । आत्महत्याको कारणसमेत अहिलेसम्म खुलेको छैन । घटनाबारे नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘२०७७ भाद्र १४ गतेको बिहान ०२ः४५ बजे नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।’

ुुसो घटना सम्वन्धि निज जवानको नजिकको नातेदारलाई जानकारी गराइ सकिएको छ । नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएकोुु समेत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७