समाचार हेडलाईन न्युज

सरकारबाट ६० जना सह–सचिवहरुको सरुवा (सूची सहित)

सुनकोशी न्युज
२०७७ भाद्र १० गते बुधबार

काठमाण्डौं । सरकारले विभिन्न जिम्मेवारीमा रहेका ६० जना सह–सचिवहरुको सरुवा गरेको छ । यसरी सरुवा गरिएका सह–सचिवहरुलाई फरक मन्त्रालय र प्रदेशहरुमा सरुवा गरिएको छ ।

कृषि, वन, भूमिसुधार, उर्जा, भौतिक मन्त्रालय लगायतका सह–सचिवहरुको सरुवा गरिएको छ । कतिपयलाई काज सरुवा गरिएको छ ।

सरुवा गरिएकामा प्रदेश सचिवको जिम्मेवारीमा रहेका अधिकांशलाई मन्त्रालयमा बोलाइएको छ भने मन्त्रालयमा रहेकालाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकार परिवर्तनको हल्ला चलेका बेला हुन लागेको सह–सचिवहरुको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको बताइन्छ ।
सरुवाको लिष्ट यस्तो छ :

सहसचिवहरूको-सरूवा
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७