बागमती मुख्य समाचार समाचार स्थानीय

मरिणमा अनिश्चितकालिन निशेधाज्ञा

सुनकोशी न्युज
२०७७ भाद्र १० गते बुधबार
सिन्धुली । मरिण गाउँपालिकाले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको छ ।

गत साउन ३० गते विज्ञप्ती जारी गरि भाद्र ३० गतेसम्मका लागि गरिएको निशेधाज्ञा अर्को व्यवस्था नभएसम्मका लागि कायम रहने गाउँपालिकाको विपद व्यवस्थापन केन्द्र (सिएमसि) ले जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै सिएमसीले उक्त कुरा जानकारी दिएको हो ।

निशेधाज्ञाको निरन्तरता भए पनि पालिकामा खाद्यान्न, तरकारी, कुखुराका चल्ला, निर्माण सामाग्री, औषधि लगायत ल्याउन पाइने बताएको छ । यसअघि औषधिबाहेक यी सबै सामाग्रीको आयातमा रोक लगाइएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७