मुख्य समाचार शिक्षा/स्वास्थ्य स्थानीय

सिन्धुली भिमानका १९ जना होम क्वारेन्टाइनमा, ४ घर २१ दिनका लागि सिल

सुनकोशी न्युज, २०७७ वैशाख ३१,
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा कोरोना संक्रमित व्यक्तिले खाना खाएको कन्ट्याक्ट ट्रेसिङ (ट्राभल हिस्ट्री) बाट पत्ता लागेपछि सम्पर्कमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाईरस संक्रमित महिलाले खाना खाएको घरसहित चारवटा घरलाई बुधबार दिउसोदेखि २१ दिनको लागि सिल गरिएको छ । संक्रमित काठमाण्डौंमा फेला परेपछि उनको कन्ट्याक्ट ट्रेसिङ (ट्राभल हिस्ट्री) खोजी गरिएको हो । संक्रमितले खाना खाएपछि नजिकको पसलमा कपडा समेत खरिद गरेको बताइएको छ ।

काठमाडौंमा बुधबार फेला परेकी कोराना संक्रमित महिलाले सिन्धुलीको भिमानमा आफन्तको घरमा खाना खाएर कपडा समेत किनेर गएको ट्राभल हिस्ट्रीबाट पत्ता लागेपछि ती आफन्त परिवार र पसललाइ क्वारेन्टाइनमा राखिएको छ । सुनसरीबाट महोत्तरीको वर्दिवास आइ बीपी राजमार्ग भएर सोमबार काठमाडौं जाने क्रममा भिमानमा ती महिला करिब ४५ मिनेट बसेको र सोही समयमा आफन्तकोमा बसेर खाना समेत खाएकी थिइन् । आफन्तको घर टोललाइ नै शिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

ती महिलाको काठमाण्डौमा स्वाब परिक्षणको क्रममा मंगलवार मात्रै कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । संक्रमितले प्रयोग गरेका ती घर २१ दिनको लागि सिल गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । ‘‘ती महिलाले खाना खाएको घर र खाना खाएको घरका मानिस जुन–जुन घरमा गएका छन्, ती समेत चार घरलाई सिल गरेका छौं ।’ पाण्डेले बताए ।

सिल गरिएका घरका १९ जना अब घरबाट बाहिर निस्किन नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २१ दिनपछि ती सबैको स्वाब सङकलन गरी परिक्षणका लागि काठमाण्डौ पठाईने सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले बताए ।

स्वा ब परिक्षणका क्रममा नतिजा निगेटिभ आए छाडिने र पो जेटिभ आए उपचारका लागि ती मानिसलाई काठमाण्ठौ पठाईने पनि उहाँले बताउनुभयो ।

अनुसार महिलाको संपर्क भएका तीनघरका आफन्तहरु १६ जनाको एउटै कम्पाउण्ड भएको घर भएकाले होम क्वा रेन्टाइनमा राखिएको र उनीहरुको संपर्कमा आएका अन्य तीनजनालाइ सरकारी क्वा रेन्टाइनमा राखिएको छ । उनीहरु सवैको स्वाव संकलन गरि पीसीआर परिक्षणका लागि हेटौंडा पठाइने भएको छ ।

उच्च निगरानीका साथ आफन्तहरुलाइ राखिएको र अन्य संपर्कका व्यक्ति भए नभएको खोजविन भइरहेको प्रजिअ पाण्डेको भनाइ छ । कोराना सं क्रमित महिलाले बताएको ट्राभल हिस्ट्री अनुसार सिन्धुली सदरमुकामबाट सु रक्षकर्मी र स्वा स्थ्यकर्मीको टोलीले भिमान रहेका आफन्त र उनीहरुको संपर्कका व्यक्तिहरु खोजविन गरि व्यवस्थापन गरेको छ । भिमान सदरमुकामबाट १८ किलोमीटर दक्षिणमा पर्छ । भिमानमा सं क्रमित बसेको थाहापाएपछि स्थानीयहरुमा त्रा सदी छाएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७७