मुख्य समाचार हेडलाईन न्युज

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

सुनकोशी न्युज, २०७७ वैशाख ३१ गते
काठमाण्डौं । नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुको स्वाबको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको थियो ।

बुधबार नै यसअघि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा सबैभन्दा बढी संक्रमित मंगलबार भेटिएका थिए। मंगलबार ८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या २ सय ४३ पुगेको छ।

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७७