अन्तर्वार्ता/विचार

भ्रष्टाचारका अनेक श्रृङ्खला, अनेक काण्ड सबै एकै पटक एउटै समाधान, चट्केको ‘हर मर्जका दवा एक’

रत्नपार्कमा एक जना चट्के बारम्बार देखिन्थ्ये । हातमा तासको गड्डि लिएर चटक देखाउदै मान्छे जम्मा गर्दैथ्यो । उसको अदेश्य चटक देखाउनु नभई आफुसँग भएका औषधि बेच्नु हुन्थ्यो । ति चट्के मान्छे जम्मा गर्न र उपस्थितिको ध्यान केन्द्रीत गराउन अनेक चट्क गर्दथे । उनको प्रस्तुतिमा उखान टुक्का र हसिंमजाक यति धेरै समाविष्ट हुन्थ्यो त्यहाँ उपस्थित समूह मन्त्रमुग्ध भएर उनको प्रस्तुति हेर्ने गर्दथे । ति चट्केको उदेश्य औषधि बेच्नु हुन्थ्यो तर उनि चट्क देखाएर भिड आकर्षित गर्दथे । उनले कहिल्यै पनि शुरुमा औषधि बेच्ने कुरा गर्दैनथे । पहिला भिड जम्मा गर्दथे अनि पछि औषधिको कुरा गर्दथे । उनको औषधि पनि अचम्भको हुन्थ्यो । भन्थे हर मर्जका दवा एक अर्थात सबै रोगको एउटै औषधि । टाउको दुखेको, पेट दुखेको, वाकवाकि लागेको, झाडा पखाला, अपच, ग्याष्ट्रकि । रोग अनेक अ‍ैेषधि ‘एक हर मर्जकि दवा एक’ ।
२०७७ साल बैशाख ८ गते सोमबार नेपालको राजनीति एकाएक तात्यो । अचानक मन्त्रि परिषदको बैठकले दुई अति नै महत्वपूर्ण विधियक पास ग¥यो । उक्त विधेयक सम्बन्धमा न मन्त्रिपरिषदका सदस्य जानकार थिए न त सत्तारुढ दलका नेतृत्व नै । एकाएक राजनैतिक गर्मि बढ्यो । पूर्व माओवादीका मन्त्रिको बैठक बस्यो । मन्त्रिको लस्कर खुमलटार पुग्यो । एकाएक सचिवालय (नेकपा) को बैठक माग भयो । आपतकालिन सचिवालय बैठक बस्दा बस्दै शितनिवासबाट अध्यादेशमा लालमोहर लाग्यो । बैठक फासफुस भयो, सकियो । प्रधानमन्त्रिले अध्यादेशको सम्बन्धमा बैठकको आवश्यकता र औचित्यता प्रमाणित गरे –हर मर्जका दवा एक–अध्यादेश ।
बैचारिक भिन्नताको बिचमा आवश्यकताको सिद्धान्त अनुसार करिब २ वर्ष पहिला भएको तत्कालिन एमाले र एमाओवादी बिचको एकता आफैमा एक चटक भन्दा कम थिएन । पार्टि एकिकरणको सिद्धान्तमा तल्लो तहबाट एकिकरण भएर माथी पुग्नु पर्नेमा माथिबाट एक्कासी एकिकरण हँुदा प्रश्नको ओईरो न लागेको भने होईन । यति हुँदाहुँदै पनि स्वाथ्र्यको अगाडी कसको के लाग्दो रहेछ । कतिपय विश्लेषकहरु एकिकरणको पूर्व सन्ध्या देखि नै विग्रहको आंकलन गर्दै थिए जुन पछिल्लो दिनमा झाङ्गिएर गएको छ । सभामुख निर्वाचन, वामदेव प्रकरण र एम.सि.सि. प्रकरणमा त नेकपा भित्र प्रष्ट दुई खेमानै देखियो । पार्टि विभाजनको संघारमा उभिएको आंकलन हुन लागेको अवस्थामा एकाएक अध्यादेश आयो ।
नेकपाको सरकार बनेको पहिलो दिन देखिनै सरकार अनेक काण्ड र प्रकरणमा मुछियो । एकपछि अर्को काण्ड विशेषतः भ्रष्टाचारको दलदलमा सरकार नराम्रोसँग फस्न गयो । सरकार काण्ड र प्रकरणबाट उम्कने अवस्था पनि रहेन । सरकारका मन्त्रि यति विहिन आलोचित भए प्रधानमन्त्रि आफै ढाकछोपमा उत्रनु प¥यो । सरकारले भ्राष्टाचार र काण्डबाट उन्मुक्ति पाउन एकपछि अर्को नयाँ विषय प्रवेश गराएर विषयान्तरको प्रयासमा लाग्यो । निर्मला काण्डलाई विषयान्तर गर्न, वाईडबाडी काण्डको प्रवेश गरायो । निर्मला काण्ड शान्त भयो वाईडबाडी काण्डलाई विषयान्तर गर्न खोजियो । वाईडबाडी काण्डलाई विषयान्तर गर्न ललिता निवास प्रकरण प्रवेश गरायो । जब वाईडबाडी काण्ड हरायो ललिता निवास प्रकरणलाई विषयान्तर गर्नु पर्ने भयो । ललिता निवास प्रकरणलाई विषयान्तर गर्न यति प्रकरणलाई प्रवेश गरायो । यति प्रकरणलाई विषयान्त गर्न कोरोना भाईरसको भय देखायो । सम्पूर्ण देश कोरोना भाईरसमा केन्द्रित भएको समयमा पुनः स्वास्थ्य सामाग्री खरिद र नेपाल वायुसेवाको भ्रष्टाचार बाहिर आयो । यसमा सरकार यस्तो नराम्रोसँग फस्यो कि जसलाई विषयान्तर तत्काल गर्न नसेके सरकारनै ढल्न सक्ने अवस्था सृजना भयो र स्वास्थ्य सामाग्री भ्रष्टाचारलाई विषयान्तर गर्न अध्यादेश प्रकरण आयो । आज देश अध्यादेशको बहसमा केन्द्रित छ । स्वास्थ्य सामाग्री भ्रष्टाचार प्रकरणबाट सबैको ध्यान अध्यादेशमा मोडिएको छ ।
सरकारको सहयात्री समाजवादी पार्टि सरकारबाट बाहिरिएपछि आन्दोलनको तयारीमा जुटेको अभिव्यक्ति आउन थाले । बाबुराम भट्टराईले त तत्काल आन्दोलन गर्ने उद्घोष नै गरे । राजपा पनि आन्दोलनको तयारीमा थियो । त्यस्तै साना दल तथा राजनैतिक समूहहरु समेत आन्दोलनको तयारीमा भएको अवस्थामा ति दललाई एकतर्फ तह लगाउनु पर्ने आवश्यकता देखियो भने अर्को तर्फ सम्भावित आन्दोलनलाई निस्तेज पार्नु थियो जसको अस्त्र अध्यादेश बन्न पुग्यो । अध्यादेशले एकातर्फ दलभित्र संकाको विजारोपण गराईदियो भने अर्कोतर्फ दललाई विभाजित र असंगठित गराउने काम ग¥यो ।
हुनतः अध्यादेश प्रकरण नेपालीले भोगेको अनेकौं प्रकरण मध्यको एक प्रकरण थियो तर यसले एकै पटक सबै मोर्चामा प्रहार ग्¥यो । नेकपा भित्रको सरकार विरोधि समूह, प्रतिपक्षमा रहेका दल, समाजवादी पार्टि र राजपा । साथै यसले भ्रष्टाचारका मुद्दाहरु र अर्कमण्य तथा अक्षम मन्त्रिहरुलाई त्राण दिने काम ग¥यो ।
वि. सं. २०४२ सालमा पञ्चायत व्यवस्थाको अर्कमण्यताको कारण देश आन्दोलनमा थियो । जनता तत्कालिन पञ्चायतका भ्रष्ट पदाधिकारीबाट वाक्क भैसकेका थिए । परिवर्तनको माहौल बन्दै थियो । एकातर्फ नेपाली काँग्रेसको सत्याग्रह चलिरहेको थियो भने वामपन्थिहरुको मोर्चा समेत आन्दोलनमा थियो । हुनत काँग्रेस र वामपिन्थ मोर्चाको आन्दोलन अलग अलग भैरहेको थियो जुन कुनै पनि समय संयुक्त आन्दोलन बन्न सक्ने अवस्था सृजना भएको थियो । जनता पञ्चायतबाट निराश भएको र प्रतिबन्धित दलहरुको आन्दोलनले जनसर्मथन प्राप्त गरेको अवस्थामा कुनै पनि समय परिवर्तनको आन्दोलन हुन सक्दथ्यो । त्यस अवस्थामा जनवादी मोर्चा र रामराजा प्रसाद सिंह नायक भएर उभिए । फलस्वरुप आन्दोलनको विषयान्तर भयो । काँग्रेस र वाम मोर्चाले आन्दोलन स्थगित गरे पञ्चायतले त्राण पायो ।
अहिलेको नेपालको राजनीति र अवस्था लगभग २०४२ को अवस्थासँग हु–बहु मिल्दो जुल्दो छ । २०४२ सालको बम काण्ड र २०७७ सालको अध्यादेश काण्ड कतै एउटै सिक्काका दुई पाटा त होईनन् ? गम्भिर प्रश्न खडा भएको छ । प्रस्तुत अध्यादेशले एकातर्फ नेकपा भित्रको फरक खेमा, प्रतिपक्षमा रहेका दल, सम्भावित सरकार विरोधी आन्दोलन, भ्रष्टाचारका अनेक श्रृङ्खला, अनेक काण्ड सबै एकै पटक एउटै समाधान खोजेको देखिन्छ, चट्केको ‘हर मर्जका दवा एक’ जस्तै ।-योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०७७