मुख्य समाचार

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरूले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ ।

ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताए। ‘बिहीवार जाँचपास गर्न पत्र आएको छ, आज(शुक्रवार)देखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’,  खत्रीले भने। अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ  ।

तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १४, २०७६