मुख्य समाचार समाचार

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

सुनकोशी न्युज,
२०७६ चैत्र १७

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना युवती र अर्का १ युवक रहेका बताइएको छ ।

आइतबार भर्ना भएकी युवतीको सघन उपचार कक्ष ९आईसीयू०मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु भएकी युवती स्वास प्रस्वाससम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी बताइएको छ ।

यस्तै, सोमबार अस्पताल भर्ना भएका अर्का एक युवकको पनि अस्पतालमा मृत्यु भएको छ । उनलाई सोमबार बेहोस् अवस्थामा अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७६