मुख्य समाचार समाचार

सिन्धुली माझिटारमा एम्वुलेन्स दुर्घटना, छ जना घाइते

सुनकोशी न्युज,
२०७६ चैत्र १७

सिन्धुली । सोमबार दिउसो सवा १ बजेको सिन्धुलीमाढीमा एम्बुलेन्स दुर्घटना हुदा एम्वुलेन्समा सवार छ जना घाइते भएका छन् । सबै घाइतेहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कायाृलय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका–७ माझिटारमा उक्त एम्वुलेन्स अनियन्त्रित भई सडकबाट ३०÷३५ मिटर तल खसेको थियो । काठमाण्डौंबाछ धनुषतर्फ बिरामी लिएर गइरहेको एम्बुलेन्स विपि राजमार्गको उक्त सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो । घाइतेहरु सबैको अवस्था सामान्य रहेको छ ।
काठमाण्डौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचारपस्चात डिस्चार्ज भई गृहजिल्ला धनुषा हिडेका अनिल यादब लगायत निजका आफन्तहरू चढेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स एक्कासी अनियन्त्रित भई दुर्घटना भएको हो । एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको विवरण यस प्रकार छ ः

१, धनुषा जिल्ला, सबैला न.पा. वडा नं. ४ पटेर्वा निवासी बर्ष २१ को अनिल यादब, (टाउकोमा चोट)
२, ऐ. ऐ. बस्ने बर्ष २० की सन्जु यादब (दाहिने घुँडा र ढाँडमा चोट)
३, ऐ. ऐ. बस्ने बर्ष ३० को मदन यादब (ढाँडमा र टाउकोमा चोट)
४ ऐ. ऐ. बस्ने बर्ष २८ को श्रीराम यादब (ढाड र दाहिने खुट्टामा चोट)
५. सिराहा जिल्ला, मिर्चेया न.पा. वडा नं. ३ राँगे बस्ने बर्ष २५ की सुसिला यादब (टाउको र छातिमा चोट)
६, ऐ. ऐ. बस्ने बर्ष ३५ को संजिब कुमार यादब (टाउको,अनुहार,बाँयाघुँडामा चोट)

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७६