बागमती समाचार

कालिमाटी पोलिस बीटलाई लायन्स क्लबद्वारा मास्क, ग्लोभ र पानी वितरण

काठमाडौ । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाईरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले सम्म विश्वभर संक्रमणको संख्या ७,२०,११७ र ३३,९२५ जनाले ज्यान गुमाई सकेका छन् भने विश्व स्वास्थ्य संगठन तथा व्हासिङ्गटन पोस्टका अनुसार नेपालमा ३० मार्च विहान सम्म कोरोना संक्रमणको संख्या पाँच रहेको र योसमाचर लेखिदा सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्य भने नभएको उल्लेख गरिएको छ ।

नेपालमा कोरोना भाईरसको एकिन संक्रमणको संख्या हालसम्म न्यून देखिएता पनि यस्तो परिस्थितिमा सर्तकता अपनाउनु अतिआवश्यक देखिएकाले विगत एक हप्ता देखि सुरक्षाका लागि नेपाल सरकारले देशमा लाकडाउन घोषणा गरेको छ । लाकडाउनको अवस्थामा जनतालाई घरबाहिर न निस्कन र घरमै सुरक्षित रहन सरकाले अपील गरेको अवस्थामा जनताको सुरक्षका लागि दिनरात खटिएका कालिमाटि प्रहरी बीटका सुरक्षाकर्मीलाई पीडिजी लायन विजु बज्र्राचार्य र एरिया कोअर्डिनेटर लायन भविश्वर तिवारीको अगुवाईमा लायन्स क्लब कुलेश्वरले ७०० मास्क, १२०० पानी बोतल र ग्लोब सहयोग गरेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७६