मुख्य समाचार

विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन

सुनकाेशी न्युज,

माघ ३, २०७६ माघ  ३ गते

पाेखरा। होचा व्यक्तिका रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो ।   मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिहष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए ।

खगेन्द्रको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए ।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर  ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च  रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण  छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपोमा प्रमाणित गरिएको थियो ।

धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९  मा जन्म भएको थियो  । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका  थिए ।  उनको वजन ५.५ किग्रा  मात्र रहेको थियो  ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६