मुख्य समाचार समाचार

ललिता निवास जग्गा हिनामिना – सीआईबीले प्रतिवेदन गृहलाई बुझायो

माघ १७, २०७६
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनाको छानबिन गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको ब्यूरोका एसपी बेलबहादुर पाण्डेले पुष्टि गरे । प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ ।
सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।
अनुसन्धान कार्य सकेर प्रतिवेदन तालुक प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमार्फत गृह मन्त्रालयमा बुझाईएको सीआईबीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६