मुख्य समाचार

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँद दुई जनाको मृत्यु

सुनकोशी न्युज,
२०७६ माघ १८ गत
सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ को गडौली पुल नजिक शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीमाढीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प.२५१० नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चाल २४ वर्षीय सुनिलकुमार राय राजपुतको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । अर्का मृतकको पहिचान हुन सकेको छैन । मोटरसाइकल तीव्र गतिमा भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६