मुख्य समाचार

दुधौलीमा जीप दुर्घटना हुँदा १२ जना घाइते (घाइतेहरुको विवरण सहित)

सुनकोशी न्युज, २०७६ माघ २
सिन्धुली । आज दिउँसो साढे ३ बजे सिन्धुलीको दुधौली न।पा, वडा नं. १३ को अरुण ठाकुर कामिटारस्थित दुधौली अरुण (ठाकुर ग्रामिण सडक(खण्डमा दुर्घटनाग्रस्त भएको छ ।

दुधौलिबाट अरुण ठाकुर तर्फ जांदै गरेको स.१.च १४९६ नं.को बोलेरो पिकअप सडकमा चिप्लन गई दुर्घटना हुंदा उक्त बोलेरोमा सवार १३ जना मध्य १२ जना घांईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाकारी दिएको छ ।

उपचारको लागि स्थानिय अस्पताल दुधौलीमा ल्याईएका घाइतेहरुको विवरण यस प्रकार छ :

१. जिल्ला सिन्धुली, दुधौली न.पा.–१३ बस्ने बर्ष २८ को यम कुमार मगर (दांया खुट्टामा चोट, अवस्था मध्यम) । थप उपचारको लागि मिर्चैया सिरहा तर्फ पठाइएको
२. जिल्ला उदयपुर, गढी –३ बस्ने ईन्दिरा मगर को (दांया हातमा चोट, अबस्था मध्यम) थप उपचारको लागि मिर्चैया सिरहा तर्फ पठाएको

स्थानिय मेडिकल दुधौलिमा उपचार भईरहेको घांईतेहरू ः

३. जिल्ला सिन्धुली, दुधौली न.पा.–१३ बस्ने बर्ष ५८ को प्रेम बहादुर मगर, बांया खुट्टामा चोट सामान्य
४. निजको श्रीमति बर्ष ५३ कि सुनिता मगर, बांया हातमा चोट सामान्य
५. ऐ.ऐ. बस्ने बर्ष ११ को सुदर्शन कार्कि, बांया खुट्टामा चोट सामान्य
६. ऐ.११ श्रीपुर बस्ने बर्ष १७ कि सबिना सुनुवार, दांया खुट्टामा चोट सामान्य
७. ऐ.१० बस्ने बर्ष २८ कि तुलसा कार्कि, दुबै खुट्टामा चोट सामान्य
८. ऐ.१३ बस्ने बर्ष १४ कि निशा बुढाथोकी, निधार र दांया खुट्टामा चोट सामान्य
९. ऐ.१० बस्ने बर्ष १२ कि सुसिला कार्कि, बांया हातमा चोट सामान्य
१०. ऐ.११ बस्ने बर्ष ६० को तिलक बहादुर मगर, दांया हातमा चोट सामान्य
११. जिल्ला सिन्धुली, फिक्कल गा.पा. ११ बस्ने बर्ष ५९ को कमल आले मगर, कम्मरमा चोट सामान्य
१२. ऐ.१ बस्ने बर्ष १८ कि लिला सुनुवार, दांया खुट्टामा चोट सामान्य

प्रकाशित मिति: बिहिबार, माघ २, २०७६