मुख्य समाचार स्थानीय

सिन्धुलीमा जन्ती बोकेको जीप पल्टिदा १६ घाइते

सुनकोशी न्युज, २०७६ माघ २

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप पल्टिँदा १६ जना घाइते भएका छन्। बिहीबार पौने पाँच बजे १८६० ज १ च नम्बरको जीप पल्टिएको हो।

मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको हो। उक्त जीप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक लागेको र चार जनालाई भने थप उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।

दुर्घटनापछि चालक फरार रहेको सिग्देलले बताइन्।

प्रकाशित मिति: बिहिबार, माघ २, २०७६