स्थानीय हेडलाईन न्युज

मरिण–३ अजिङ्गरेमा लिफ्टबाट खानेपानी, उपभोक्त हर्षित

सुनकोशी न्युज, २०७६ माघ १
मरिण । मरिण गाउँपालिका वडा नं. ३ स्थित अजिंगरेडाँडामा लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।
बरुण अजिङ्गरे डाँडा खानेपानी आयोजनाले लिफ्टिङ प्रविधि मार्फत खानेपानी उपलब्ध गराएको हो । वडा नं. ३ को १० लाख लगानिमा सम्पन्न उक्त योजनाको खानेपानी यही पौष २९ गतेबाट स्थानीयको घरघरमा पुगेको छ ।
अहिले २३ घरमा धारा जडान गरिएको छ । सयौं वर्षदेखि सुख्खा क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा यसरी घररघमा खानेपानीको धाराबाट पानी झरेको देख्दा स्थानीय दंग परेका छन् । स्थानीय गंगा बहादुर थिङको भनाई अनुसार कल्पना नगरिएको काम भएको छ ।
वडा नं. ३ का अध्यक्ष प्रख्यात मोक्तानको सक्रियतामा निर्माण सम्पन्न भएको योजनाबाट खुसी भएका जनताले जनप्रतिनिधि त यस्तो हुनुपर्छ भन्दै स्थानीय सरकारको कामलाई प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६