मुख्य समाचार

केन्द्रबाट प्रदेश सरकार र स्थानीय तहले पाए १०-१० अर्ब अनुदान

चालु आर्थिक वर्ष २०७६/७७ मा प्रदेश र स्थानीय तहले समपुरक र विशेष अनुदानमा सञ्चालन गर्ने विकास आयोजना तथा कार्यक्रमका लागि संघीय सरकारले १९ अर्बभन्दा बढी रकम हस्तान्तरण गरेको छ । सरकारले चालु आवमा समपुरक तथा विशेष अनुदानका लागि छुट्याएको १९ अर्ब ६ करोड रुपैयाँ स्थानीय तह र प्रदेश सरकारलाई आधा आधा भाग लगाइएको हो ।

योजना आयोगको सिफारिसमा नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई समपुरकतर्फ ९ अर्ब ६३ करोड २४ लाख र विशेष अनुदानतर्फ ९ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । मंसिर अन्तिम साताको मन्त्रीस्तरीय निर्णयअनुसार रकम हस्तान्तरण भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस २४, २०७६