कृषि मुख्य समाचार

राष्ट्रिय किसान आयोगको आयोजनामा दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न

सुनकोशीन्यूज,२०७६ पुष २१
किरण खड्का

काठमाण्डौ । राष्ट्रिय किसान आयोगले दुई दिने “महिला कृषक÷उद्यमी सशक्तिकरणको लागि क्षमता अभिवृद्धि तालिम” काठमाण्डौको किर्तिपुरमा आज सम्पन्न गरेको छ ।
पौष २०÷२१ गते सञ्चालन भएको उक्त तालिममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ, राष्ट्रिय किसान आयोगका सदस्यहरु, महिला किसान सञ्जालकी अध्यक्ष एवं पेपर प्रस्तुतकर्ता श्री गंगा लक्ष्मी अवाल, महिला आन्दोलनकी नेत्री एवं प्राङ्गारीक अभियन्ता एवं पेपर प्रस्तुतकर्ता श्री माया के.सी., विभिन्न संघ संगठनका प्रतिनिधिहरुले महिला कृषक÷उद्यमी सशक्तिकरणमा आफ्ना अभिव्यक्ति प्रकट गर्नुका साथै महिला सशक्तिकरण, महिला सशक्तिकरणमा नेपालको अवस्था, महिला सशक्तिकरणका सिद्धान्तहरु, बाधाहरु, नेपालमा महिलाको अवस्था लगायतका गहन विषय उजागर गरेका छन् ।


महिलाहरु कृषिमा सशक्त भएमा मात्रै कृषि क्षेत्र अगाडी बढि देश विकासमा टेवा पुग्छ । विभिन्न प्रदेश, जिल्लामा महिलाले सक्षम भएर उत्पादन गरेका तरकारीहरु, जीरो बजेटमा आधारित कृषि, कृषिका लागि आवश्यक बजेटको प्राप्तिका लागि विधिवत रुपमा कसरी प्रस्तावना तयार पार्ने भन्ने कुरामा अवगत गराई उक्त कार्यक्रम सम्पन्न गरियो ।

प्रकाशित मिति: सोमवार, पुस २१, २०७६