स्थानीय

नेपालमा बाल अधिकार को ३० बर्षे यात्रा पुरा

काठमाडौं । बालसहभागितामा कार्यरत सस्थाहरुको सझा समुह कन्सोटियम- नेपालको बिसौ साधारण सभाले युबा बाल अधिकारकर्मी किरण थापा लाइ अध्यक्षमा चयन गरेको छ। यसैगरी उपाध्यक्षमा मोहन दङ्गाल महासचिवमा सन्तोष महर्जन सचिबमा प्रदीप कुमार लामिछाने कोषाध्याक्षमा देबि रेग्मी चयन भएका छ्न। यसैगरी सदस्य हरुमा बृजमोहन कुशबाह,उषा बिक,अनिता पाण्डे ,गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन। सोही सधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना ३ मा प्रकाश बासी गण्डकी प्रदेशमा दिपक शर्मा ५ मा बद्री प्रसाद सुबेदी कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मा लाइ चयन गरेको छ।

देशभर बाट बालबालिका सङ संबंधित झण्डै ५ दर्जन संघ सस्था हरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा बरिस्ठ बाल अधिकारकर्मी गौरी प्रधान र डा किरण रुपाखेतीले कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियोे । नेपाल मा बाल अधिकार को ३० बर्षे यात्रा पुरा भएको अवसरमा उतार चढाबका बिषयमा कार्यपत्र मार्फत महत्वपूर्ण जानकारी दिइएको थियो।

प्रकाशित मिति: आइतवार, मंसिर ८, २०७६