मुख्य समाचार

मारुती सिमेन्टलाई एनएस क्‍वालिटी अवार्ड

मारुती सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ प्राप्त गरेको छ। यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस/आईएसओ ९००१:२०१५ र क्लिंकर- क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१: २०१५ प्राप्त गरेको थियो।

कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आवद्ध सम्पूर्ण सहकर्मीलाई दिने बताए।उनले भने, ‘ कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौं र आगामी दिनमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौं।’

आजभन्दा एक दशकअघि नेपाली सिमेन्ट जगतमा मारुती सिमेन्ट ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो। पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपिसी सिमेन्ट- मारुती सिमेन्टको उत्पादन भइरहेको छ।

प्रकाशित मिति: बिहिबार, मंसिर ५, २०७६