मुख्य समाचार

हुण्डीको ३६ लाख रकमसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित काठमाडौंको कुलेश्वरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५७ वर्षीय सत्यनारायण प्रसाद छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले आइतबार बिहान पक्राउ गरेको हो ।

उनी हुण्डी कारोबारी भएको प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी रुगम कुवँरले जानकारी दिए । उनको साथबाट ३७ लाख ५ हजारको चेकबुक, १ लाख १९ हजार भारतीय रुपैयाँ र मोबाइल फोनसमेत प्रहरीले बरामद गरेको छ । स्रोत नखुलेको रकमसहित उनलाई राजश्व अनुसन्धान विभाग पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १, २०७६