मुख्य समाचार स्थानीय

सिन्धुलीको रामपुर खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न, सांसद गजुरेलबाट उद्घाटन

सुनकोशी न्युज,
शम्भु पहाडी,

सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. ५ को रामपुर बजार र ठाकुर दमार जोड्ने रामपुर खोलामा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।

यही कात्र्तिक २८ गते प्रतिनिधि सभा सांसद माननिय हरिबोल गजुरेलले एक कार्यक्रमका बीच पुलको उद्घाटन गर्नुभयो । उहाँले रिवन काटेर पुलको उद्घाटन गर्नुभएको थियो ।

पुल नहुँदा वषैंदेखि समसयामा परेका रामपुर बजारका बासिन्दा पुल बनेसँगै खुसी भएका देखिन्थे । कार्यक्रममा नेकपा सिन्धुलीका अध्यक्ष तथा प्रदेश सांसद राजन दाहाल, प्रदेश सांसद वसन्त माझी, जिल्ला सचिव तथा प्रदेश सांसद प्रदिप कटुवाल लगाएत गाउँपालिका उप–प्रमुख दुर्गा देवी सुनुवार लगायत स्थानीय गाउलेहरुको उपस्थित रहेको थियो ।

सिन्धुलीमा वर्षेनी बाढीका कारण दर्जनौंले ज्यान गुमाउने घटना अब ठाउँठाउँमा झोलुंगे पुल निर्माण भएसँगै कम भएको साँसद गजुरेलको भनाई छ । उहाँले जिल्लाका विकट तर मोटर बाटो नपुगेका स्थानमा झोलुंगे पुल बन्नु उचित भए पनि मोटर बाटो पुगेको वा पुग्ने ठाउँमा पक्की पुल नै निर्माण गर्नुपर्ने बताउनु भयो ।

निकट भविष्यमा बाटो निर्माण सँगै पक्की पुल निर्माण गरेर यस ठाउँको विकास गर्ने धोको रहेको बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २९, २०७६