मुख्य समाचार स्थानीय

’पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगिता २०१९‘ प्रथम बनिन उपहार लिम्बु

काठमाडौं । लायन्स क्लब ईन्टरनेशनलले प्रत्येक वर्ष पीस पोस्टर (पेन्टीङ्ग) नामक प्रतियोगिता विगत २७ वर्ष देखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ । पीस पोस्टर (पेन्टीङ्ग) २०१९ प्रतियोगिता लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ ले निस्ट स्कूल लोकन्थली झक्तपुरमा डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशी, जीएलटी मल्टिपल एरिया कोआर्डिनेटर लायन शम्भू घिमिरे, पीडिजी लायन मधुकरकुमार उपाध्याय, पीडिजी लायन रुद्रहरुरि ज्ञावाली, फस्ट भीडिजी लायन डन। शुशीला मल्ल लगायत विभिन्न लायन्सका अग्रज लिडरहरुको समउपस्थितिमा सम्पन्न गरेकोे छ । लायन्स क्लब ईन्टरनेशनलले प्रत्यक वर्ष पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगिता विश्वभरी गराउने प्रतियोगिता हो । त्यसै अन्र्तगत नेपालमा पनि पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगिता लायन्स क्लब ईन्टरनेशनल टिस्ट्रिक्ट ३२५ ए १, ए २, बी १ र बी २ चारैवटा डिस्ट्रिक्टले उक्त प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ ।

पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगिता २०१९ मा बीसवटा विभिन्न स्कूलहरुबाट ५९ जना विद्यार्थीहरुले सहभागि जनाएका थिए । यस पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगितामा ११ देखि १४ वर्षका विद्यार्थीहरुले सहभागिता जनाउछन् र उनको दिमाग या सोचमा शान्ती अर्थात पीसको विषयमा के कस्ता भाव

नाहरु आउछन् ती भावना या सोचलाई आप्mनो प्रतिभाको माध्यमबाट चित्रकला (पेन्टीङ्ग) मार्फत प्रस्तुत गर्न लगाईन्छ । ती ५९ विद्यार्थी मध्यबाट प्रर्थम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानका लागि गोला प्रथा गरिन्छ ।

गोला प्रथाबाट प्रथम हुने विद्यार्थीलाई पाँचहजार, दोस्रो हुनेलाई चारहजा, तेस्रो हुनेलाई तीन हजार, चौथो र पाँचौ हुनेलाई जनही एकहजार पाँसय नगद र प्रमाण पत्र प्रदान गरिन्छ । प्रथमहुने विद्यार्थीलाई डिस्ट्रिक्ले लायन्स मल्टिपलमा पठाउछ । लायन्स क्लब ईन्टरनेशनल ३२५ नेपालका चारैवटा डिस्ट्रिक्टबाट त्यसैगरी छनोट भएर प्रथमहुने विद्यार्थीलाई मल्टिपलमा पठाईन्छ । मल्टिपलले चारैवटा डिस्ट्रिक्टबाट छनौट भई प्रथम आएका विद्यार्थीहरुको बीचमा गोला प्रथा गराउछ र ची चारैवटा डिस्ट्रिक्टबाट आएका चारैजना विद्यार्थीहरुबाट एकजना प्रथम हुन्छ । मल्टिपलको प्रतियोगिताबाट प्रथमहुने विद्यार्थीको चीत्रकला (पेन्टीङ्ग) लायन्स क्लब ईन्टरनेशनलमा पठाईन्छ ।

यैसैगरी विश्वभरीबाट पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगिताबाट छनोट भई प्रथम आएका विद्यार्थीहरुका लगभग २४ वटा चीत्रकला (पेन्टीङ्ग) लायन्स क्लब ईन्टरनेशनल पठाईन्छ । लायन्स क्लब ईन्टरनेशनलले ती विश्वभरीबाट छनोटमा प्रथम भएर आएका विद्यार्थीहरुका चीत्रकला (पेन्टीङ्ग) गोला प्रथा गराउछ र ती मध्यबाट प्रथम भएको चीत्रकला (पेन्टीङ्ग) बनाउने विद्यार्थीलाई लायन्स क्लब ईन्टरनेशनलको वार्षीक कन्भन्सनमा सहभागी गराएर नगद पाँच हजार युएस डलर र प्रमाण पत्र सहित सम्मान गरिन्छ ।

लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ ले निस्ट स्कूल लोकन्थली झक्तपुरमा सम्पन्न गरेको लायन वर्ष २०१९ पीस पोस्टर (पेन्टीङ्ग) प्रतियोगिताबाट प्रथमहुने विद्यार्थी मोक्षदा स्कूल गौरी नगरका उपहार लिम्बु ररहेका छन् उनलाई लायन्स क्लब काठमाडौ रामेछापले स्पाउन्सर गरेको थियो । दुर्गा भवानी एकडमी बाराही स्कूलका सुदिप माझी दोस्रो भएका छन् उनलाई लायन्स क्लब कागेश्वरीले स्पाउन्सर गरेको थियो । तेस्रो नम्बरमा विद्या सागर ईग्लिस स्कूल जोरपाटीकी अनिता डंगोल भएकिछन् । त्यसैगरी प्रतिभा थारु क्रमश चार र सनिया श्रेष्ठ पाचौं भएकी छन् ।

पीस पोस्टर प्रतियोगिताका जज नेमबहादुर तमाङ्ग हुनुहुन्यो । तमाङ्ग ललितकला क्याम्पसका प्रध्यापक हुनुहुन्छ । तमाङ्ग राष्ट्रिय स्तरमा आयोजना हुने समसामायिक ललितकला प्रतियोगिता २०७६ का विजेता समेत हुनुहुन्छ । पीस पोस्टर प्रतियोगिता विगत पाँच वर्ष देखि लायन्स क्लब काठमाडौं रामेछापका लायन लम्बोदर घिमीरले कोअर्डिनेट गरिरहनु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २९, २०७६