स्थानीय हेडलाईन न्युज

क्यान महासंघको निर्वाचनमा नवराज पछि सुनैनाको उम्मेदवारी

काठमाडौं । आगामी मंसीर ७ गते हुन गईरहेको कम्प्यूटर एशोसिएन नेपाल (क्यान महासंघ) को १३ औं महाधिवेशनका लागि सुनैना घिमिरे पाण्डे नेतृत्वको उम्मेदवारको प्यानल घोषणा गरिएको छ । ३५ सदस्यीय क्यान महासंघको नेतृत्वका लागि अध्यक्षको उम्मेदारी घोषणा गरेकी सुनैना घिमिरे तीन दशकदेखि सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा काम गर्दै आईरहेकी कुशल महिला नेतृत्वका रुपमा चिनिन्छ ।
नेकपा निकट मानिएका नवराज कुँवरको समूहले गत आईतबार डाईनिङ्ग पार्क रेष्टुरेण्टमा आफ्नो नेतृत्वमा उम्मेदवार घोषण गरेका थिए ।
आज शनिवबार इन्द्रेणी फुडल्याडमा सुनैना घिरिमेले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा कार्यरत विज्ञ, पूर्व अध्यक्ष लगायतको उपस्थितिमा २१ बुँदे प्रतिवद्धता सहित आफ्नो टिमको घोषणा गरेकी हुन् । घोषणा सभामा पूर्व अध्यक्ष लोचनमान अमात्यले सुनैनाको टिम व्यवसायिक र उर्जावान व्यक्तिहरु बढी देखिएकाले यस्तो टिमले क्यानलाई माथि पु¥याउने भएकाले उम्मेदवार जितका लागि शुभकामना समेत दिएका थिए ।
वैकिङ्ग तथा सहकारीका लागि सफ्टवेयर निर्माण एकछत्र रहेको उमेश रघुवंशीदेखि नेपाल टेलिकममको विकास विशेष योगदान पु¥याएका इन्जिनियर वसन्त लिङथेप समेत सुनैनाको टिमबाट उम्मेदवारी दिएका छन् ।
महासंघको १३ महाधिवेशनका लागि सुनैना घिमिरे पाण्डेको नेतृत्वमा संस्थागत सदस्य तर्फ विश्वराम बलामी, अरुण वंशल, उमेश रघुवंशी, रंजित पौद्धार, बुद्धरत्न मानन्धर, सरिता सिहं कायस्थ, न्हुन्छे महर्जनले उम्मेदारी दिएका छन् ।
त्यसैगरी व्यक्तिगत सदस्य तर्फबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, गुणकेशरी प्रधान, डा श्रीधर मरासिनी, सुष्मा शर्मा, बसन्त लिङथेप, रुपेशभक्त श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।
संस्थागत आजिवन सदस्य तर्प विक्रम सिंह, समिर प्रधान, अहमत खानले सुनैनाकै टिमबाट उम्मेदारी दिएका छन् भने व्यक्तिगत आजिवन सदस्य तर्फबाट हेमपाल श्रेष्ठ, सुमन लाल प्रधान र अमित अग्रवालले उम्मेदारी दिने भएका छन् ।
प्रदेशबाट उम्मेदवारी घोषणा गर्नेहरुमा ठाकुर श्रेष्ठ, भूपेन्द्र मैनाली, जितेन्द्र शाह, सरोजबाबु न्यौपाने, श्यामकल श्रेष्ठ, जयराम हुमागाई, जगनबहादुर गुरुङ्ग, कृष्ण पौडेल, पूर्णदेव अधिकारी, खेमराज ढुङ्गाना, मनोहर कुमार श्रेष्ठ छन् भने लेखासमितिका लागि केशव प्रसाद भट्टराई, राजु कट्टेल र नारायण बञ्जारा क्षेत्रीले टिमबाट उम्मेदवारी घोषणा गरेका छन् ।
घोषणा सभा निकै सरलदेखिए पनि उपस्थिति भने निकै नै वाक्लो थियो । सम्वन्धित क्षेत्रका विज्ञहरुको साथमा सुनैना घिमिरे पाण्डेको नेतृत्वको उम्मेदारी घोषणले सुनैनाका पक्षमा लहर देखिएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक ३०, २०७६