स्थानीय

लायन्स क्लब धुम्बराहीले जापानीस प्रविधिको ब्रेस्ट क्यान्सर अवारनेश प्रोग्रम गर्ने

काठमाडौ । लायन्स क्लब काठमाडौ धुम्बराहीका प्रसिडेन्ड लायन बसन्त बहादुर थापाको अध्यक्षतामा क्लबका विभिन्न भावी कार्याेजनाका बारेमेमा छलफल र निर्णयकासाथ बैठक सम्पन्नभएको छ । बैठकमा विशेषगरि डिस्ट्रिक्ट ३२५ ए २ अन्र्तरगत धुम्बराही क्लबको समन्वयमा जापानबाट ब्रेस्ट क्यान्सर अवारनेश प्रोग्रमको लागि आउन लागेका डा. यासुहीरा फुजीमुतो र डा. सी. हीरोसी सीनोजाकीको अगुवाइमा नवेम्बर १९ मा अपरान्ह ४बजे देखि ६ बजेसम्म र २० नवेम्बर अपरान्ह २ बजे भक्तपुर क्यान्सर अस्पतालमा हुन गैरहेको कार्यक्रमलाई प्रभावकारि र सफल बनाउने बारे बृहत छलफल भयको थियो । कार्यक्रमलाई सफल बनाउन र सहयोग गर्ने उदेश्यले केहिदिन अगाडि जापानमा बस्दै आउनुभयका चर्चित कला र संगित प्रेमी राम महर्जन नेपाल आउनु भएको छ उहाले कार्यक्रमको औचित्य बारे बैठकमा स्पष्ट पार्नु भएको थियो ।
त्यस्तै धुम्बाराहि लायन्स क्लबको समन्वयमा हुन गैरहको विशेष कार्यक्रम डिजास्टर प्रवेन्शन लेक्चर र डिजास्टर सम्बन्धित कार्यक्रमबारे छलफल भयको थियो । उक्त कार्यक्रमका लागि जापानमा बसोबास गर्ने गैरअवासीय नेपाली दिनेश श्रेष्ठको नेतृत्वमा डिजास्टर बिशेषज्ञ मीस्टर मोरीता, प्रोफेसर इकुता, एमएस मीयाजाकी र मीतापुरा नेपालआउदै हुनुहुन्छ । डिजास्टर सम्बन्धि कार्यक्रम लायन्स क्लब धुम्बाराहिको समन्वयमा यहि नवेम्बर २० मा १० बजे देखी १२ बजेसम्म बसु स्कूल ब्यासी भक्तपुरमा र २१ नवेम्बर बिहान १० बजे देखि १२ बजेसम्म धुम्बकराहीको प्रोलिफीक स्कूलमा हुन गैरहेकोले उक्त कार्यक्रम सफल बनाउनेबारे समेत बैठकमा बृहत् छलफल भयको थियो ।
एक्काईसौ शताब्दीमा खानपान, आहार–बिहार, हेरीडिटी र लापारबाहिका कारण बढदै गैरहेको ब्रेस्ट क्यान्सरबाट समयमै उपचार गर्न सकेमा निको हुन सक्ने संभावना हुन्छ । जापानमा ब्रेस्ट क्यान्सर उपचारका लागि प्रयोग हुने प्रबिधीहरुले नेपालले पनि त्यो प्रविधिबाट फाइदा लिन सकोस भन्ने उदेश्यले ‘जापानीज प्रविधिबाट ब्रेस्ट क्यान्सरको उपचार’ कार्यक्रमलाई समन्वय गर्न र सघाउन आफु प्रयत्ननशिल रहेको बैठका प्रमुख अतिथि चार्टर प्रसिडेन्ट लायन धनराज भडेलले बताउनु भयो साथै उहाले जापानमा बार बार आइरहने भुकम्पबाट धेरै ज्ञान र अनुभव बटुली भुकम्पको जोखिमबाट बच्न र बचाउने अनेक उपाय र प्रबिधिबाट हामीले जानकारि र फाइदा लियर जानेबुझेको कुराहरुलाई कार्यन्वयन गर्नसकौ भन्ने उदेश्यले कार्यक्रमको समन्वयन गर्न पायकोमा खुसिको अनुभुति भइरहेको बताउनु भयो । यिनै बिषयको औचित्य बारे लायन्स क्लब जर्नालिस्टका चार्टर प्रसिडेन्ट तथा पत्रकार लायन योगेन्द्र प्रताप शाहीले आफ्नो बिचार राख्नु भयको थियो भने समाजसेवाका अभियन्ता धुम्बाराहि लायन्स क्लबका डाइरेक्टर नेत्रमणी लामिछानेले धन्यबाद ज्ञापन गर्नु भयको थियो ।

प्रकाशित मिति: शनिबार, कार्तिक ३०, २०७६