शिक्षा/स्वास्थ्य स्थानीय हेडलाईन न्युज

खाल्टेको आत्मिय सामुदायिक अस्पतालमा आँखा तथा कान उपचार सेवा सुरु, सांसद गजुरेलबाट केन्द्रको उद्घाटन

सुनकोशी न्युज, सरला कार्की,
सिन्धुली । सिन्धुलीको सुनकोशी गा.पा.–६, खाल्टेमा रहेको आत्मिय सामुदायिक अस्पतालमा ‘आँखा तथा कान उपचार केन्द्र’ स्थापना गरिएको छ । आज एक समारोहबीच सिन्धुली–२ का संघीय सांसद तथा नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेलले अस्पतालको उद्घाटन गर्नुभयो ।

२०७४ साल साउनमा स्थापना भएको उक्त अस्पतालमा हाल १५ शैयाको क्षमता रहेको र २४ सै घण्टा आकस्मिक सेवा रहेको अस्पतालका डाइरेक्टर सञ्जीव केसीले बताउनुभयो ।


सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा जिल्ला लगाएत ठाँउका आखाँ तथा कानका विरामीहरुलाई मध्यनजर राखेर यस क्षेत्रकै पहिलो सुविधिसम्पन्न उपचार केन्द्र संचालनमाल्याइएको निर्देशक केसीको भनाई छ ।‘ आखाँ तथा कानको सानो समस्या देखा परेपनि काठमाडौं, धुलिखेल, बनेपा लगाएतका अस्पतालमा हजारौं पैसा खर्च गरेर उपचार गर्नुपर्ने यस क्षेत्रका जनताको बाध्यता अन्त्य गर्न र सर्भसुलभ मूल्यमा गाउँमै उपचार गराउने उदेश्यले यो केन्द्र संचालनमा ल्याइएको केसीको भनाइ छ ।
सामुदायिक अस्पताल भएकाले सुलभ मूल्यमा स्लिडल्याम्प, कम्प्युटराईज्, भिज्यूअल अक्युटी प्रविधिमा आखाँको र माईक्रोस्कोपि प्रविधिमा कानका विरामीहरुको उपचार गरिने उहाँको दावी छ ।

केन्द्रको उद्घाटन गर्दै सांसद गजुरेलले आखाँको उपचारमा नेपालमै ब्राण्ड बनेको सगरमाथा आखाँ अस्पतालको स्वामित्वमा रहनेगरी सुनकोशीको खाल्टेमा आखाँ तथा कान उपचार केन्द्र स्थापना हुनु यस क्षेत्रका जनताकका निम्ति गौरवको कुरा भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताउदै सरकारले स्वास्थ्यलाई निःशुल्क नगरेसम्म भ्रष्टाचार नरोकिने बताउनुभयो । विपि हाइवे निर्माणपछि यस क्षेत्रमा सरकारी तवरबाटै ट्रमा सेन्टर निर्माण हुनुपर्ने गजुरेलको भनाई छ । आत्मिय अस्पतालले यस भेगका जनतालाई दिएको सेवा उदाहरणिय रहेको नेता गजुरेलले बताउनु भयो । आफूले सरकारसँग यस क्षेत्रमा ट्रमा सेन्टर निर्माणको लागि गतवर्षको बजेट कार्यक्रमदेखि नै माग गरेको स्मरण गर्दै अहिले सरकारले हरेक प्रदेशमा ट्रमा सेन्टर निर्माण गर्ने नीति ल्याउन लागेकोले उक्त सेन्टर विपि र मध्यपहाडी राजमार्गमा पर्ने यस भेगमा निर्माण गर्नुपर्ने बताउनु भयो ।

अस्पतालको सेवा विस्तार गर्ने क्रममा आत्मिय सामुदायिक अस्पतालले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको शाखाको रुपमा खाल्टेमा पनि आफ्नो सेवा विस्तार गरेको हो । लाहानको सगरमाथा चौधरी आँखा अस्पताल लामो समयदेखि पूर्वी नेपालमा जनताको सेवामा समर्पित रही जनताको विश्वास जित्न सफल अस्पताल हो । खाल्टेमा शाखा बिस्तार गरेर लाहान आँखा अस्पतालले यस क्षेत्रमा आफ्नो सेवा विस्तार गरेकोमा यस क्षत्रका जनतामा खुसी छाएको देखिन्छ प्रदेश सांसद राजन दाहालले बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहाल, जिल्ला सचिव तथा प्रदेश सांसद प्रदिप कटेवाल, प्रदेश सांसद विनोद खड्का, सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा लगायत त्यस भेगका सेवाग्राही जनताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कार्तिक ३०, २०७६