मुख्य समाचार

ह्याकिङ प्रकरणमा कृषि विकास बैंकको लाहान शाखाका कर्मचारी पक्राउ

१२ असोज, काठमाडौं । कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो ।

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७६