कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा टेकुमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा ११ नेपाली र १ भारतीय नागरिक छन् । घटनाका मुख्य अभियुक्त ‘मास्टर माइण्ड’ भने पक्राउ परेका छैनन् । ती व्यक्ति विदेशी रहेको जानकारी दिएपनि प्रहरीले पहिचान खुलाएको छैन । ‘पक्राउ परेकाहरूले विदेशी व्यक्ति रहेको र आफूहरूले पनि एक/दुई पटक मात्र देखेको बताएका छन्, उक्त व्यक्ति अहिले भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । घटनाबारे समयमै अनुसन्धान गरेर ५ अर्ब रुपैयाँसम्म चोरिन सक्ने जोखिम टारेको दाबी प्रहरीको छ । पक्राउ पर्नेमा बैंकबाट व्यक्तिको खातामा ट्रान्सफर भएको पैसा निकाल्ने तथा निकाल्न सहयोग गर्नेहरू छन् । क–कसको खातामा पैसा ट्रान्सफर भएको थियो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।
कृषि विकास बैंकको पैसा चोर्ने ‘मास्टर माइन्ड’ पनि विदेशी, भारतमा बसेर नेपालीलाई परिचालन
			सम्बन्धित समाचारहरु

ताजा अपडेट
- माेवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू
 - युवा विद्रोहको बलिदान : समाज रूपान्तरणकाे उर्जा
 - टुमराज काेइरालाले ल्याए रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक
 - असार १५: उत्सवको हिलोमा किसानको आँसु
 - आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित हरिहरपुरगढी गाउँपालिकाकाे बजेट सार्वजनिक
 - मरिण गाउँपालिकाकाे बजेट- कृषि र शिक्षालाई प्राथमिकता
 - अहमदावाद विमान दुर्घटनामा घाइते एककाे जिवितै उद्धार
 - दुर्घटनाग्रस्त प्लेनमा सवार काेही जिवित नरहेको प्रहरीको दाबी
 - मरिणलाई उत्कृष्ट पान गाउँपालिका सम्मान
 - महानगर प्रहरी प्रमुख निलम्बित, जाेशीलाई जिम्मेवारी
 















Add Comment