कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा टेकुमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा ११ नेपाली र १ भारतीय नागरिक छन् । घटनाका मुख्य अभियुक्त ‘मास्टर माइण्ड’ भने पक्राउ परेका छैनन् । ती व्यक्ति विदेशी रहेको जानकारी दिएपनि प्रहरीले पहिचान खुलाएको छैन । ‘पक्राउ परेकाहरूले विदेशी व्यक्ति रहेको र आफूहरूले पनि एक/दुई पटक मात्र देखेको बताएका छन्, उक्त व्यक्ति अहिले भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । घटनाबारे समयमै अनुसन्धान गरेर ५ अर्ब रुपैयाँसम्म चोरिन सक्ने जोखिम टारेको दाबी प्रहरीको छ । पक्राउ पर्नेमा बैंकबाट व्यक्तिको खातामा ट्रान्सफर भएको पैसा निकाल्ने तथा निकाल्न सहयोग गर्नेहरू छन् । क–कसको खातामा पैसा ट्रान्सफर भएको थियो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।
कृषि विकास बैंकको पैसा चोर्ने ‘मास्टर माइन्ड’ पनि विदेशी, भारतमा बसेर नेपालीलाई परिचालन
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- उत्कृष्ट कृषक तथा शेयर सदस्य सम्मानित
- शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा बरामद, ५ जना पक्राउ
- ५ अर्ब ७३ करोडको कारोबार, बीमा समूह चम्कियो
- ‘नेपालले पनि सीमा मिचेको’ अभिव्यक्तिको विवाद चर्किँदै, राष्ट्रिय सभा जेठ २६ सम्म स्थगित
- लुम्बिनी सरकारमा ठूलो फेरबदलः एमालेका ४ मन्त्री बाहिरिए, नयाँ अनुहार भित्रिने
- मन्त्रिपरिषद् बैठक : अध्ययन समितिको म्याद थपदेखि एआईजी बढुवासम्मका निर्णय
- सुधन गुरुङ प्रकरण : छानबिन समितिलाई थप पाँच दिनको समय
- नेपालमा फिफा विश्वकप २०२६ हिमालय स्पोर्ट्स एचडी र डीगो एपमार्फत मात्र प्रसारण हुने
- हावाहुरी, चट्याङ र गर्मीको दोहोरो प्रभाव, विभिन्न क्षेत्रमा सतर्क रहन अपिल
- आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकियो














Add Comment