अर्थ/विजनेस हेडलाईन न्युज

बीमा कम्पनीको व्यापार बढ्यो, कसको नाफा कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १५ निर्जीवनबीमा कम्पनीले १५.२४ प्रतिशतले नाफा बढाएका छन् ।  निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ७१ करोड ७५ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको भन्दा १५.२४% ले बढी हो । गत वर्ष यसैअवधिमा ६२ करोड २६ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । सबैभन्दा बढी नाफा कमाउनेमा एभरेष्ट इन्सुरेन्स देखिएको छ

एभरेष्टले ३३८.१० प्रतिशतले नाफा कमाएको छ । प्रिमियर, नेको, प्रभु लगायतको नाफामा पनि बढोत्तरी देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा १२ बीमा कम्पनीले खुद नाफा बढाएका छन् । नाफा घट्नेमा हिमालयन जनरल, लुम्बिनी जनरल र प्रुडेन्सियल इन्सुरेन्स रहेका छन् ।

निर्जीवन बीमा कम्पनी कसले कति नाफा गरे ?

यता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ७ वटा जीवन बीमा कम्पनीले १६.४६ प्रतिशतले नाफा बढाएका छन् । एसियन लाइफ इन्सुरेनसको नाफाले छलाङ मारेको छ । जीवन बीमा कम्पनीले ५९ करोड ४७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीको नाफा गत वर्षको भन्दा १६.४६% ले बढी हो । गत वर्ष यसैअवधिमा जीवन बीमा कम्पनीले ५१ करोड ६ लाख ५३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

जीवन बीमा कम्पनी कसको नाफा कति ?

नेपाल लाइफको चुक्तापुँजी ५ अर्ब 
जीवन बीमा कम्पनीको चुक्ता पुँजी गत वर्षको भन्दा बढेको छ । यद्यपि सुर्या लाइफ र गुरासँ लाइफले भने बीमासमितिले तोकेको न्युनतम चुक्तापुँजी पुर्‍याउन अझै सकेका छैनन् । असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको पुँजी २५% ले बढेर ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै पुँजी बढाउनेमा एसियन लाइफ इन्सुरेन्स रहेको छ । एसियनको पुँजी ६०% ले बढेको छ ।

कुन कम्पनीको कति चुक्ता पुँजी ?

५ निर्जीवन बीमा कम्पनीलाई पुँजी पुर्याउन सकस
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत ५ निर्जिबन बीमा कम्पनीलाई बीमा समितिले तोकेको चुक्तापुँजी पर्याउँनै सकस परेको छ । नीर्जिवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब हुनुपर्ने भएपनि लुम्बिनी जनरल इन्सुरेन्स, युनाइटेड, एनएलजी राष्ट्रिय बीमा कम्पनी, प्रुडेन्सियलले तोकेको चुक्तापुँजी पुर्याएका छैनन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६ कम्पनीको चुक्ता पुँजी बढेको छ भने अन्यको पुँजी गत वर्ष कै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा एभरेष्ट इन्सुरेन्स रहेको छ । यसको चुक्ता पुँजी ७२०% ले बढेर १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । यो नै सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी हो । नेको इन्सुरेन्सको अहिले सबैभन्दा बढी चुक्तापुँजी छ ।

प्रकाशित मिति: सोमवार, मंसिर ९, २०७६