मुख्य समाचार

के बन्ला स्मार्ट सिटी ! पोखरामा अझै पोल गाड्दै, तार टाँग्दै

पोखराको लेकसाइड जाने सडकखण्डको फेवा मार्गको जरेवरमा बिजुलीको लाइन विस्तार हुँदैछ। पोखरा महानगरपालिकाले पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्न बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने बताएको भएपनि विद्युत प्राधिकरणले भने सडकको दोहोरै क्षेत्रमा बिजुलीको लाइन विस्तार गरिरहेको छ।

सडकको बीचमा रहेको आइल्याण्डको सोलारको पोल समेत पोखरा महानगरपालिकाले विज्ञापन राख्न बिक्री गरेपछि सडकको चारैतिर तारैतार झुण्डिएको छ।

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७६