अन्तर्वार्ता/विचार

‘सिंगापुर पुगेर उपचारमा बाधा पुराउनेहरु मित्र हुन् कि शत्रु ?’ – सूर्य थापा

सुनकोशी न्युज, २०७६ भाद्र १९ १०ः०० राती
काठमाण्डौं । केही दिन पहिला अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको नेकपाको सचिवालय बैठकले नेतृत्व र सरकारको आलोचना सार्वजनिक रुपमा गर्न नपाउने, पार्टी कमिटिमा मात्रै गर्न पाउने विधि बनाएको थियो । तर थापाले सचिवालयको निर्णय ठाडै उल्लघन गर्दै नेतृत्वबिरुद्ध सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेका छन् ।

केही दिनदेखि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिगापुरमा उपचाररत छन् । उर्जामन्त्री वर्षमान पुन एउटा सम्मेलनमा भाग लिन जाने क्रममा सिगापुर ट्रान्जीट हुदै जाँदा प्रधानमन्त्रीलाई भेटेर उनको स्वस्थ्यबारे जानकारी लिएका थिए । मन्त्रीपरिषदको दुईवटा बैठक प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्स्मार्फत सिगापुरबाटै सम्पन्न गरिसकेका छन् ।

उपचार राम्रो भएकाले यही भाद्र २० गते प्र.म.ओली स्वदेश फर्किने नेकपा दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताइसकेका छन् । तर १८ गते दिउँसो पार्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा उपाध्यक्ष बामदेव गौतम प्रम ओलीलाई भेट्न सिंगापुर उडे । एक दिनपछि डिस्चार्ज भएर नेपाल फर्किन लागेका प्रमलाई भेट्न उपाध्यक्ष र महासचिव दौडेर सिगापुर पुग्नुलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रकाशन विभागका उपसंयोजक सूर्य थापले चाकडी र चाप्लुसी गर्न गएको आरोप लगाएका छन् ।

उनले आप्mनो फेसबुक वालमा स्टाटस लेख्दै उपाध्यक्ष र महासचिवको यो कार्यलाई हनुमानगिरि बताएका छन् । उनले काम नहुनेहरु हुल बाँधेर प्रमलाई डिस्टर्ब गर्न गएको भन्दै यसरी जानेहरु प्रमका मित्र हुन् कि शत्रु भनेर प्रश्न गरेका छन् । उनले आफ्नो स्टाटसमा यस्तो लेखेका छन् –

‘सम्मानीय प्रधानमन्त्री तथा नेकपाका श्रद्वेय अध्यक्ष केपी शर्मा ओली सिगापुरमा उपचाररत हुनुहुन्छ । नेपालबाट लर्को लागेर सिंगापुर जाने मान्छेहरुले बिरामी भेट्न त खासै पाउदैनन् । यो कुरा उनीहरुलाई प्रस्थान गर्नुपूर्व नै जानकारी हुन्छ । तैपनि हुन बाँधेर किन त्यता गएका होलान् ?

विरामीलाई स्वास्थ्यलाभको कामना गरे पुग्नेमा किन यसरी डिस्टर्ब गरिरहेका होलान् ? चाकडी, चाप्लुसी र चुक्लीको यो लज्जास्पद बानीमा कहिले सुधार होला ? जबकी पानी र बानी माथिबाट तलतिर प्रवाह हुने गरेको पाइन्छ ।

यसरी लर्को लागेर जानेहरुले गर्ने आतजाते वहाई भाडा, होटल बसाई, यातायात र अन्य न्युनतम् खर्च जोड्दा बिरामीको उपचार खर्चभन्दा निकै बढी हुने निश्चित छ । खासमा सिंगापुर पुगेर उपचारमा बाधा पु¥याउनेहरु मित्र हुन् कि शत्रु त ? काम नहुनेहरुको हुलमुलप्रति गम्भीर प्रश्न उठेको छ । यसो गर्न आवश्यक नै छैन । यो हुल त यहाँ छँदैथियो । प्रधानमन्त्रीको उपचार यहाँ सम्भव नभएर नै त्यहाँ लैजानु परेको तथ्य हो । यो कुरा बुझ्नु पर्दैन ?’

नेकपाका उपाध्यक्ष बामदेव गौतम र थापा दुबैजना प्युठान निवासी हुन् । राजनीतिमा लाइनको हिसावले थापा इश्वर पोखरेल पक्षधर हुन् भने गौतम आफूलाई ओली, प्रचण्ड, खनाल र नेपालको समकक्षी ठान्छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ १९, २०७६