मुख्य समाचार

मिडिया काउन्सिल विधेयकमाथि काँग्रेसको संशोधान प्रस्ताव दर्ता

भदौ १५, २०७६ 
काठमाडौं – सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरको नेपाल मिडिया काउन्सिल विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संशोधन प्रस्ताव पेश गरेको छ । काँग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ४ जना सांसदले राष्ट्रिय सभा नियमावलीको नियम १०६ बमोजिम सो प्रस्ताव पेश गरेको हुन् ।
सांसदहरु सरिता प्रसाई, जितेन्द्रनारायण देव, धनकुमारी खतिवाडा, अनिता देवकोटा र प्रकाश पन्तद्वारा हस्ताक्षरित संशोधन प्रस्तावमा २९ वटा बुँदा सच्याउन सुझाइएको छ ।

मिडिया विधेयकमा रहेको ‘स्वस्थ, स्वतन्त्र, मर्यादित…बनाएको छ भन्ने वाक्याशंको सट्टा ‘स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिताको विकास, संरक्षण तथा पत्रकारितामा स्वनियमको सम्बद्र्धनका लागि एक स्वतन्त्र स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिलको स्थापना गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बान्छनीय हुने काँग्रेसका ठहर छ ।

यस्तै ‘पच्चिस हजार रुपैंयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना’ भन्ने वाक्यांशको सट्टा  ‘सार्वजनिक रुपमा क्षमा याचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’ भन्ने वाक्यांश राख्न काँग्रेसले सुझाइएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७६