कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा टेकुमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा ११ नेपाली र १ भारतीय नागरिक छन् । घटनाका मुख्य अभियुक्त ‘मास्टर माइण्ड’ भने पक्राउ परेका छैनन् । ती व्यक्ति विदेशी रहेको जानकारी दिएपनि प्रहरीले पहिचान खुलाएको छैन । ‘पक्राउ परेकाहरूले विदेशी व्यक्ति रहेको र आफूहरूले पनि एक/दुई पटक मात्र देखेको बताएका छन्, उक्त व्यक्ति अहिले भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । घटनाबारे समयमै अनुसन्धान गरेर ५ अर्ब रुपैयाँसम्म चोरिन सक्ने जोखिम टारेको दाबी प्रहरीको छ । पक्राउ पर्नेमा बैंकबाट व्यक्तिको खातामा ट्रान्सफर भएको पैसा निकाल्ने तथा निकाल्न सहयोग गर्नेहरू छन् । क–कसको खातामा पैसा ट्रान्सफर भएको थियो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।
कृषि विकास बैंकको पैसा चोर्ने ‘मास्टर माइन्ड’ पनि विदेशी, भारतमा बसेर नेपालीलाई परिचालन
सम्बन्धित समाचारहरु
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्डबाट सुनकोसी मरिन डाइभर्सन सुरुङ ब्रेकथ्रु
- माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम केहीलाई मनपरेकाे छैन : प्रधानमन्त्री
- बझाङ (१) मा एमालेका भण्डारी निर्वाचित
- आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशका लगानीकर्ता सहभागी
- माओवादीको अभियान किन भयो स्थगित ?
- तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता चैत १० गते हुने
- यसप्रकार छन् पुनर्गठित मन्त्रीमण्डलका मन्त्रीहरू
- भिम उपाध्याय र रूद्र सिं तामाङ समेत १८ जनाबिररुद्ध भ्रष्टाचार मुद्दा दायर
- 17th Annual celebration of Gurukul Bidhhyashram
- वालकुमारी घटना : एक विश्लेष
Add Comment