स्थानीय

जर्नालिस्ट क्लबको नियमित बैठक सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ नेपाल जर्नालिस्टको नियमित बैठक मध्यबानेश्वर स्थित तृष्णा पास्टफुड एण्ड तन्दुरी होटलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा बसेको बैठकमा प्रथम उपाध्यक्ष निरञ्जन ओझा, द्वतिय उपाध्यक्ष लायन नेत्रप्रसाद न्यौपाने, तृतिय उपाध्यक्ष लायन श्रीजन कुरमार झा, सेक्रेट्री लायन यज्ञबहादुर ढकाल, एडिस्नल सेक्रेट्री लायन नरेन्द्र मानन्धर, ट्रेजरर लायन मञ्जु शाही, एडिस्नल ट्रेजरर लायन शुभान्जलि मानन्धर, मेम्बरशिप डाईरेक्टर लायन दामोदर प्रसाद दवाडी, डाईरेक्टर लायन प्रज्वल थापा, सचेतक लायन देवराज प्रसाई र चार्टर सदस्य लायन संतोष गौतमको उपस्थितिमा बैठकले क्लबको भावियोजना र २०१९/२०२० का लागि पदस्थापना कार्यक्रमको तयारी लगायत विषयमा छलफल गरेको छ ।
क्लबले लायन्सले गरेका समाजसेवाका कार्यको समाचर सप्रेशण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै लायन वर्ष २०१९÷२०२० मा वृक्ष रोपण, हङ्गर रिलिफ र डायविटिजमा कार्य गर्ने साथै गर्भनरको अप्टिजम र स्कुल ब्याग एण्ड किट्स वितरण गर्ने योजनामा पनि डिस्ट्रिक्टसँग हातेमालो गरेर जाने विषयमा छलफल र निर्णय भएको क्लबका सेक्रेट्री लायन यज्ञबहादुर ढकाल ले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, भदौ १०, २०७६