खेल समाचार स्थानीय हेडलाईन न्युज

तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता चैत १० गते हुने

सुनकोसी न्युज
चैत ६ गते मंगलबार, २०८०
चितवन/ चितवनको भरतपुरमा “तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” हुने भएको छ ।
भरतपुर भम्रण बर्ष २०२४ को अवसर पारेर साईकल सिटिको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम् कार्यक्रम संयोजक सन्तुकुमार दरैले जानकारी दिनुभयो ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्वद्धकमा प्रतियोगिता भरतपुरमा चैत १० गते बिहान ८ वजे भरतपुरको पुन्यवती ताल गणेशधाममा हुनेछ । भने गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्र प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा यहि चैत ९ गते विहान ७ बजे प्रतियोगिताको पहिलो दिन बृहत् साईकल र्याली र दोश्रो दिन तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८० सुरु हुने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १ सय जना बढी खेलाडीहरुको सहभागीता हुने अपेक्षा आयोजकको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडको सहयोग तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोग रहेको छ ।

साईक्लिङ प्रतियोगितामा ४ किलोमिटरसम्मको रेस र्कोषमा डेढ घण्टा रेस हुने आयोजकले जनाएको छ । जसमा प्रतियोगिले ७ देखि ८ पटकसम्म परिक्रममा गर्नेछन् । प्रतियोगितामा पुरुष एलाईट, महिला एलाईट, मेन मास्टर, जुनियर मेन र महिला पुरुष चितवन विशेष विधा रहेका छन् ।
प्रतियोगितामा पुरुष एलाईट तथा महिला एलाईटतर्फको विधामा १७ बर्ष भन्दा माथिका महिला तथा पुरुषले सहभागिता जनाउने पाउनेछन् । मेन मास्टर विधामा ४० बर्ष भन्दा माथीका जुनियर मेन विधामा १७ र १८ बर्षमा र महिला पुरुष चितवन विशेष विधा रहेको कार्यक्रम संयोजक सन्तुकुमार दरैले बताउनुभयो ।
प्रतियोगितामा पुरुष र महिला एलाईटमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । भने मेन मास्टरमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, जुनियर मेनमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र र महिला पुरुष चितवन विशेष विधामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
बृहत् साईक्ल र्याली नारायणी नदी किनारबाट सुरु भई आँटारी, केन्द्रिय बसपार्क, हाकिमचोक, चौविसकोठी, सहिदचोक, पुलचोक हुदै पुन नारायणी नदी किनारमा पुगेर सकिने सहसंयोजक श्रेष्ठले बताउनुभयो ।
क्यान्सर पीडितहरुलाई सहयोग गर्न, युवाहरुलाई साईक्लिङमा प्रोत्साहन गर्न तथा चितवनमा यस खेलका प्रतिभा पहिचान गर्नका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गरिरहेको प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले बताउनुभयो ।
हरेक बर्ष साईक्लिङ खेलालाई प्रर्वद्धन हुने लक्ष्यका साथ प्रज्ञा स्मृतिले साईक्लिङ विधामा विभिन्न प्रतियोगिता गराउदै आएको छ । गत बर्ष मात्रै यहाँ प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन सम्पन्न गरिसकेको थियो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ६, २०८०