समाचार स्थानीय हेडलाईन न्युज

काठमाडौं – १२ मा माओवादीको दशैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

सुनकोसी न्युज
आश्विन ३० गते मंगलबार, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रले दशैंकाे अवसरमा चियापान तथा  शुभकामना आदानप्रदान गरेको छ। काठमाडौं महानगर, वडा नम्बर १२ अभियान कमिटीको आयोजनामा कार्यक्रम आयोजना गरिएको हाे।
कार्यक्रममा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शशी श्रेष्ठले स्थानीयवासीलाई दशैंकाे शुभकामना व्यक्त गर्नुभएको थियोे । उहाँले माओवादीले मात्रै जनता र राष्ट्रिय समृद्धिकाे नेतृत्व गर्नसक्ने बताउनुभयो । माओवादीले नै देशमा १८ घण्टा दैनिक लाेडसेडिङ हुने अवस्थाकाे अन्त्य गरेको स्मरण गर्दै उहाँले अहिले भ्रष्टाचारकाे जरा काट्ने अभियानको नेतृत्व पनि माओवादीले नै गरिरहेको र कृषि तथा पूर्वाधार विकासको नेतृत्व पनि माओवादीले मात्रै गर्नसक्ने प्रमाणित भैसकेको बताउनुभयो । 
कार्यक्रममा माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री कल्पना धमला, केन्द्रीय सदस्यहरू, बागमती प्रदेशका सदस्य, काठमाडौं जिल्लाका सचिव लगायत वडा पार्टी अभियान कमिटीका सदस्यहरू र स्थानीयवासीको सहभागीता रहेको अभियानकी इन्चार्ज पद्मा राईले जानकारी दिनुभयो । 
काठमाडौंमा माओवादी पार्टीकाे कमिटी अन्यत्रकाे तुलनामा कमजोर रहेको बताउँछन् काठमाडौं जिल्ला कमिटीका सचिव महेश्वर फुयाल। तर पछिल्लो समय पार्टीले संचालन गरेको जनअभियानका कारण पार्टीले पुर्जीवन पाउन थालेको उहाँको बुझाइ छ।

प्रकाशित मिति: मङ्लबार, अशोज ३०, २०८०

 

 

ताजा अपडेट