समाचार हेडलाईन न्युज

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए

सुनकोसी न्युज
कात्तिक १४ गते मंगलबार, २०८०

काठमाण्डौ। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।

सोमबार पोखरा आएका गुटेरेस फेवातालमा डुंगा सयर गरेका उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् ।
उनी पोखराबाट लुम्बिनी प्रस्थान गर्दैछन् । लुम्बिनी उड्नुअघि उनले पोखरा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

 

 

प्रकाशित मिति: मङ्लबार, कार्तिक १४, २०८०