समाचार हेडलाईन न्युज

प्रेस सेन्टरकाे शुभकामना आदानप्रदान तथा चियापान सम्पन्न

सुनकोसी न्युज
आश्विन २९ गते साेमबार, २०८०
काठमाडौं । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश कमिटिले दशैं, तिहार, छठ र नेपाल सम्वत ११४४ काे अवसरमा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। साेमबार बबरमहलस्थित सेन्टरको केन्द्रीय कार्यालयमा कार्यक्रम गरिएको प्रदेश अध्यक्ष विरेन्द्र ओलीले जानकारी दिए।

कार्यक्रममा सेन्टरका अध्यक्ष बिष्णु सापकोटा जुगलले, उपाध्यक्ष निर्मल ज्ञवाली, उपाध्यक्ष तथा प्रतिष्ठान प्रदेश इन्चार्ज बिदुर खड्का, महासचिव सन्तोष पाैडेल लगायत केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीले आपसमा शुभकामना साटासाट गरेकोे उपाध्यक्ष रघुनाथ बजागाईंले बताए ।

श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि लड्ने संगठन हुनुका नाताले कान्तिपुर लगायत मिडियाले बिनाकारण श्रमजीवी पत्रकारको जागिर खाेस्ने काम गरेको विषयमा सेन्टरले त्यसबिरूद्ध आन्दोलन गर्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।

नेपाल पत्रकार महासंघले पत्रकार सदस्य नवीकरण र वितरणमा सुद्धिकरण अभियान संचालन गरेको र साेही मुताबिक सबै शाखाले काम गरे – नगरेको बारे चनाखो हुनुपर्ने महासचिव पाैडेलले बताए ।

प्रकाशित मिति: सोमवार, अशोज २९, २०८०