अर्थ/विजनेस समाचार हेडलाईन न्युज

पेट्रोलमा प्रति लिटर ११ र डिजलमा ५ रुपैयाँ घट्यो

सुनकोसी न्युज
२०८० असोज २८ गते
काठमाडौं । सरकारले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । 

प्रकाशित मिति: आइतवार, अशोज २८, २०८०